हरियाणा विधानसभा चुनावमा बसपा र इनेलोको चुनावी गठबन्धन

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १५ : ३७
हरियाणा विधानसभा चुनावमा बसपा र इनेलोको चुनावी गठबन्धन

हरियाणा । भारतको हरियाणाको आगामी विधानसभा चुनावमा बहुजन समाज पार्टी (बासपा)र इन्डियन नेशनल लोकदल (इनेलो) मिलेर लड्ने भएका छन् ।

माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो जानकारी दिँदै बसपा प्रमुख मायावतीले भनेकी छिन्, ‘दुई पार्टीहरूबीच सीट बाँडफाँडमा सहमति भएको छ ।’ बसपाले ३७ सिटमा र इनेलोले ५३ सिटमा उम्मेदवार उतार्ने भएको छ ।

‘आज चण्डीगढमा पत्रकार सम्मेलन गर्नु अघि मेरो निवासमा बसपा राष्ट्रिय संयोजक र इनेलो प्रमुख महासचिव अभय सिंह चौटालाबिच गठबन्धनबारेमा कुराकानी भएको थियो,’ मायावतिले भनेकी छिन् ।

इनेलो–बासपा गठबन्धनको मुख्यमन्त्री पदका उम्मेदवार चौधरी अभय सिंह चौटाला हुने चण्डीगढमा गठबन्धनको घोषणा गर्दै आकाश आनन्दले भनेका छन् ।राज्यमा दस वर्षदेखि शासन गरिरहेको भाजपालाई सत्ताबाट हटाउन र कांग्रेसलाई सत्ताबाट टाढै राख्न भनेर यो गठबन्धन गरिएको चटौलाले भनेका छन् ।

भाजपा र कांग्रेस विरोधी साना दलहरूलाई एकसाथ लिएर राज्यमा  मोर्चा बनाइने पनि उनले बताए । यस वर्षको अन्त्यसम्ममा हरियाणा, महाराष्ट्र, झारखण्ड र जम्मु कश्मीरमा विधानसभा चुनाव हुने भएकाले राज्यका राजनीतिक दलहरूले पनि चुनावी तयारी सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस