काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले र काँग्रेसका नगरसभा सदस्यहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन् ।
एमाले–काँग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न दिएको सुझाव आफूले नमान्दा आज बस्न लागेको नगरसभा बैठक रोकिएको आरोप लगाएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘एमाले र काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । तर, मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । त्यसपछि उहाँहरू बैठक रोकेर जानुभयो । ’
उनले एमाले र काँग्रेसले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान गरेको देखेको हुनसक्ने पनि बताएका छन् । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असार २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह