महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ ।
घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १३ असार २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ