सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

सफल खबर संवाददाता

आइतबार, ०९ असार २०८१, १५ : ५९
सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

काठमाडौं। दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।आइतबार एक विज्ञप्ति जारी गर्दै उनले सिफारिस फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । राजदूत सिफारिस फिर्ता गर्न सरकारलाई पत्र समेत बुझाएको उनले जानकारी दिएका छन् ।

असार ७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूतमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको उनले विज्ञप्तिमा उल्लेख छ ।

‘...सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु’, उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​​

साथै उनले आफूलाई बधाई, शुभकामना दिँदै मप्रति सद्‌भाव प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।​राजदूतमा सिफारिस गर्नुअघि आफूसँग कुनै छलफल नगरिएको उनले बताएका छन् ।

 

 

 

 

 

 

 

‘मैले प्रस्ट शब्दमा उल्लेख गर्नैपर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन,' उनले विज्ञप्तिमा भनेका छन् । ​

 

प्रतिक्रिया दिनुहोस