एजेन्सी । कोपा–अमेरिका फुटबल प्रतियोगितामा पेरुले बलियो प्रतिद्वन्द्वी चिलीलाई गोलरहित बराबरीमा रोकेको छ ।
शनिबार बिहान खेलिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवैले एक–एक अंक बाँडेका छन् ।
समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अंकसहित अर्जेन्टिना तालिकाको पहिलो स्थानमा छ ।
एक अंकसहित पेरु दोस्रो र समान अंक बटुलेको चिली तेस्रो स्थानमा छ । एक खेल खेलेको क्यानडाले भने अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ असार २०८१, १० : ११
लेखकबाट थप