विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा प्रस्तुत हुँदैछ। मन्त्रिपरिषद् बैठकले आइतबार नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो ।
प्रदेशसभाको चालु अधिवेशनलाई सम्बोधन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । उक्त निर्णयसँगै आज दिउँसो ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचीअन्तर्गतको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । कोशीमा पछिल्लो सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको र मुद्दाको छिनोफानो भइनसकेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ