काठमाडौं। नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो।
शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। त्यस्तै धनगढी र नेपालगन्जको तापक्रम जेठ १२ गतेदेखि ४० डिग्री सेल्सियसभन्दा माथि छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम ३७ डिग्रीसम्म पुग्ने सम्भावना
उपत्यकासहित देशभर तापक्रम बढ्यो