एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित विमानस्थलबाट आज (मंगलबार) बिहान वाराणसीका लागि उड्न ठिक्क परेको विमानमा बम रहेको हल्ला भएपछि आतंक मच्चिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान इन्डिगोको फ्लाइट (६ई२२११) मा एउटा टिस्यु पेपर भेटियो, जसमा लेखिएको थियो ‘३० मिनेटमा बम विस्फोट हुनेछ’।
त्यसपछि चालक दलका सदस्यले यात्रुलाई इमर्जेन्सी गेटबाट बाहिर निकालेका थिए। केही यात्रु विमानको पंखाबाट समेत हतार हतार ओर्लिएका थिए। विमानमा १७६ यात्रु थिए।
दिल्ली एयरपोर्टमा क्यूआरटी र बम डिस्पोजल टोली बोलाइएको थियो। विमानभित्र खोजी गरियो तर अधिकारीहरूले शंकास्पद वस्तु केही फेला पारेनन्।
विमानस्थलका अधिकारीहरूले बिहान करिब ५:३० बजे पाइलटले शौचालयमा टिस्यु पेपर फेला पारेको बताएका छन्। टिस्यु पेपर कसरी शौचालयमा पुग्यो भन्ने अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी