सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारले जनायो आपत्ति

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १५ : ३२
सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारले जनायो आपत्ति

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई पक्राउ गरेको थियो । सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकै दिन काठमाडौँबाट उनी पक्राउ परेका हुन् ।

बारले मिडियामाथि प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग गरी सिरोहियालाई पक्राउ गरिएको उल्लेख गरेको छ ।