परराष्ट्र मन्त्री श्रेष्ठ र बिमस्टेकका महासचिव पाण्डेबिच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, १५ : ५४
परराष्ट्र मन्त्री श्रेष्ठ र बिमस्टेकका महासचिव पाण्डेबिच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा आएका बिमस्टेकका महासचिव इन्द्र मणि  पाण्डेले उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।मंगलबार मन्त्रालयमा भएको भेटमा बिमस्टेकलाई कसरी बलियो र सशक्त बनाएर अगाडि बढ्ने विषयमा उनीहरुबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले नेपाल र बिमस्टेक सहयोगलाई अझै प्रगाढ कसरी बनाउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपालले प्रतिनिधि सभाबाट बिमस्टेक बडापत्र पारित गरेकोमा महासचिव पाण्डेले धन्यवाद पनि दिए ।

महासचिव पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुको भेटमा पनि क्षेत्रीय साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।  

बिम्स्टेकको प्रबुुद्ध समूह बैठकको तयारी चरणमा पाण्डेको नेपाल भ्रमण भएको हो । आगामी जुन २३ देखि २५ सम्म थाइल्याण्डमा बिम्स्टेक प्रबुद्ध समूहको बैठक हुँदैछ ।

बिमस्टेकमा नेपाल, भारत, भुटान, बङ्लादेश, म्यानमार, थाइल्याण्ड र श्रीलङका जस्ता सात देशका सदस्य रहेका छन् । सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस