रविविरुद्ध फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीश होइनन् : केपी ओली

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १५ : ००
रविविरुद्ध फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीश होइनन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन नेपाली काँग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए ।

उनले भने, ‘काँग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढङ्गले आरोप उचालेर हिँडेका छन् । अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ । काँग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौँ तर, संसद् भनेको काँग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ ।’

उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने काँग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रस्ट्याए ।उनले भने, ‘सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको रु लोकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन काँग्रेसलाई, कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि रु को न्यायाधीश हुन्छ नेपाली काँग्रेस, कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ? राजनीति स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफ्नो तर्फ आउन मानेन भने अपराधी भइहाल्ने ? काँग्रेसलाई शरम लाग्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस