काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले नयाँ नोट छाप्दा कसैले पनि टाउको दुखाउनु नपर्ने बताएका छन् ।पार्टी निकट बुद्धिजीवी परिषद्ले शनिवार काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'नेपालले नेपालको नक्सा राखेर नयाँ नोट छाप्ने भयो, आफ्नो देशको नक्सा सधैं झैं राख्ने भयो, अर्को देशलाई टाउको दुख्यो । नेपालले नेपालको नोटमा नेपालको नक्सा किन राख्यो भन्छ अर्को देश', ओलीले भने ।यस्तै सय रुपैयाँको नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयपछि आएका विभिन्न अभिव्यक्तिप्रति ओलीले आपत्ति जनाए।
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले नेपालीले तिरेको करबाट तलब/भत्ता खाने व्यक्तिले राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको बताए ।
'यहाँ राष्ट्रपतिको विज्ञ सल्लाहकार भनिएको एउटा जागिरे यस्तो नक्सा राख्न पाइन्छ ? भनेर बोलीमा लोली मिलाउँछ । अन्तर्वार्ता दिन्छ नेपाललाई हेप्ने कुरामा’, उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल