काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा अहिले बैठक जारी छ ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणका बारेमा संसदमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ ।
सो प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै शुक्रबार कांग्रेसले दुवै सदन अवरुद्ध गरेको थियो । बैठकमा कांग्रेसका पूर्व पदाधिकारीहरु पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, ११ : ३०
लेखकबाट थप