सुर्खेत । यार्सागुम्बा टिप्न गएका जाजरकोटका एक युवाको डोल्पामा लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ रहेका छन् ।
उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।
उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो ।‘नेटवर्क समस्याले होला हामीले हिजो बेलुका मात्रै जानकारी पायौँ’ डिएसपी केसीले भने, ‘सदरमुकामबाट त्यहाँ पुग्नै दुई दिन लाग्छ । शव लिनका लागि प्रहरी टोली पठाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ बैशाख २०८१, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु