२२४ निर्माण कम्पनी कालोसूचीमा

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १४ : ०४
२२४ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौताबमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीहरूले सम्झौताबमोजिम काम सम्पन्न नगरेपछि सार्वजनिक निकायले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्ने गरेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस