सलोन र करिश्मालाई पुत्रीलाभ

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १३ : ३२
सलोन र करिश्मालाई पुत्रीलाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र पत्नी करिश्माले सन्तान लाभ गरेका छन् । बुधबार बिहान मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिइन् ।

अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले जानकारी दिए । ‘हामी अत्यन्त खुशि छौं । आमाको मुख हेर्ने दिनमा नातिनीको जन्म भयो’ शोभितले भने ।

भोलिसम्म करिश्मालाई डिस्चार्ज गर्ने तयारी छ । गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो । कामको कुरा गर्दा, सलोन फिल्म राजमहल, युनिभर्सिटीज् अफ गुण्डाजमा ब्यस्त हुँदैछन् । करिश्मा पेशाले एयर होस्टेस हुन् । करिश्मा गर्भवती भएदेखि नै सलोनले पाँच महिनादेखि कुनै फिल्म पनि गरेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस