काठमाडौं। जापान पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।नागरिकता दुरुपयोग गरी करिब २ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन् ।कार्यालयका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै २१९ जनालाई ठगी गरेका थिए ।
साथै उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेसन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ