काठमाडौं। जापान पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।नागरिकता दुरुपयोग गरी करिब २ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन् ।कार्यालयका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै २१९ जनालाई ठगी गरेका थिए ।
साथै उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेसन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
ठगी अभियोगमा ६ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
कोरिया पठाउने बहनामा ठगी गरेको आरोप
ठगी गिरोहमा संलग्न चार जना पक्राउ