अल नासरको सानदार पूनरागमन जीत

एजेन्सी

शनिबार, ०८ बैशाख २०८१, ०८ : ४३
अल नासरको सानदार पूनरागमन जीत

एजेन्सी । साउदी प्रो लिगमा अल नासरले सानदार पूनरागमन जीत निकालेको छ । सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले अल फयामाथि ३–१ को सानदार पूनरागमन जीत दर्ता गरेको हो । 

अल नासरलाई जिताउन मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन सकलाले सान्त्वना गोल गरे । 

अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटी रियादमा शुक्रबार राति भएको खेलको छैटौं मिनेटमा फेसन सकलाको गोलसँगै अल फया शुरूवाती अग्रता लिएको थियो ।

७२औं मिनेटमा अब्दुलेह अल एम्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा मानेले गोल गरेपछि अल नासरले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८२औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई पूनरागमन जित दिलाए । 

खेलको अन्त्यतिर ८८औं मिनेटमा फेसन सकला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिपछि पाहुना टोली अल फया १० खेलाडीमा सीमित भउको थियो । 

प्रतिबन्धका कारण भेट्रान फराडै क्रिष्टियानो रोनाल्डो अल फयाविरुद्ध टोलीमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस