काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैशाख ८ मा इलाम–को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्काको चुनावी सभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने भएका हुन् ।
इलामको लाँकुरी चौतारीमा वैशाख ८ गते १२ः ३० बजे चुनावी खुला सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । यसअघि इलाम– २ को घरदैलो अभियानमा सहभागी भएका महामन्त्री थापा ८ गते इलाम जाने कार्यक्रम छ ।
इलाम– २ का चुनावी कमान्डर समेत रहेका अर्का महामन्त्री शर्मा अहिले पनि घरदैलो अभियानमा सरिक छन् । नेपाली कांग्रेस इलाम नगर समितिले महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने खुला सभा आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा