काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वैशाख ८ मा इलाम–को चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्काको चुनावी सभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने भएका हुन् ।
इलामको लाँकुरी चौतारीमा वैशाख ८ गते १२ः ३० बजे चुनावी खुला सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । यसअघि इलाम– २ को घरदैलो अभियानमा सहभागी भएका महामन्त्री थापा ८ गते इलाम जाने कार्यक्रम छ ।
इलाम– २ का चुनावी कमान्डर समेत रहेका अर्का महामन्त्री शर्मा अहिले पनि घरदैलो अभियानमा सरिक छन् । नेपाली कांग्रेस इलाम नगर समितिले महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने खुला सभा आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा