अवैतनिक वाणिज्य दूतमा डा. दामोदर पौडेल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १५ : ४३
अवैतनिक वाणिज्य दूतमा डा. दामोदर पौडेल नियुक्त

काठमाडौँ । सरकारले संयुक्त राज्य अमेरिकास्थित ओहोदा राज्यको अवैतनिक वाणिज्य दूतमा डा. दामोदर पौडेललाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अवैतनिक वाणिज्य दूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

परराष्ट्र मन्त्रालयले डा. पौडेललाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस