काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद् चल्न नदिएपछि चालू अधिवेशन अन्त्य गर्न लागेको बताएका छन् ।मन्त्रिपरिषद्को बैठक अघि शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेपछि ओलीले यस्तो बताएका हुन् ।
अब संसद्को अधिवेशन अन्त्य गर्ने र पछि आह्वान हुने उनले जानकारी दिए ।‘कांग्रेसले चल्न नदिएर संसद्को अधिवेशन अन्त्य गर्ने तयारी छ । यो कांग्रेसले संसद् चल्न नदिएपछि हुन लागेको हो’, ओलीले भने, ‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को शुरू पनि हुन्छ । यस्तै हो ।’
बिजनेस नपाएरभन्दा कांग्रेसले चल्न नदिँदा अधिवेशन अन्त्य गर्न बाध्यता भएको उनको दाबी थियो ।संसद्को अधिवेशन अन्त गरेर अध्यादेश ल्याउने तयारी भएपछि प्रमुख प्रतिपक्षी दलले विरोध गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल