आज यी पाँच संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, ११ : ०८
आज यी पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । यसैगरी दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारवाहीका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ८ बजे भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस