काठमाडौँ । नेपाली काँग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको हो ।
काँग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ । तर, काँग्रेसले गृह मन्त्रीलाई बोल्न नदिने पार्टीका एक नेताले जानकारी दिए ।
यदि भोलिकै बैठकमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको तर्फबाट भनाइ राख्ने र संसद् अवरुद्ध गर्ने तयारी गरिएको ती नेताको भनाई छ ।
आज बसेको बैठकमा इलाम-२ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी