ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक र अलोइबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १२ : ५१
ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक र अलोइबीच सम्झौता

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेड र अलोइ प्राइभेट लिमिटेडबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न सम्झौता भएको छ ।यस समझदारीपछि ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ ।

समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​​

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस