यस वर्ष चैत महिनामै पुग्यो बाजुराका विद्यालयमा पाठ्यपुस्तक

रासस

सोमबार, १९ चैत्र २०८०, २० : ०५
यस वर्ष चैत महिनामै पुग्यो बाजुराका विद्यालयमा पाठ्यपुस्तक

काठमाडौँ। बाजुराका विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । विगतमा शैक्षिक सत्र सुरु भएको धेरै पछि मात्र पाठ्यपुस्तक पुग्ने बाजुराका विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हा ।

जनक शिक्षा सामग्री केन्द्रको धनगढी प्रदेश कार्यालयले १३ चैतमा सुदूरपश्चिम प्रदेशको बाजुराबाट पुस्तक वितरण सुरु गरेको थियो । बाजुरामा १ लाख १० हजार ३७ सेट पुस्तक पुगेको बताइएको छ ।

बाजुरामा २०८१ का लागि १ लाख २७ हजार ८०६ सेट पुस्तक आवश्यक पर्ने प्रदेश कार्यालयले जनाएको छ ।  बाजुराको डेल्टा स्टोरका सञ्चालक नृप खातीका अनुसार बाजुरामा चैतकै पुस्तक आइपुगेको दुर्लभ घटना हो ।

जनक शिक्षाले दार्चुला र बझाङमा पाठ्यपुस्तक वितरण गरिसकेको छ । दार्चुलामा ९१ हजार ४८६ सेट र बझाङमा २६ हजार ५१ सेट पुस्तक पठाइसकेको केन्द्रले जनाएको छ ।

आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार १८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ । बाजुरामा किताब ढुवानीका लागि १६ प्रतिशत ढुवानी खर्चसमेत जनक शिक्षाले दिनेछ । व्यापारीले ९ प्रतिशतसम्म किताबमा कमिसन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस