रणनीतिक रूपमा नयाँ समीकरण बनाएको छु : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १५ : १४
रणनीतिक रूपमा नयाँ समीकरण बनाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरण रणनीतिक भएको बताएका छन् । २४औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले आफू जनयुद्धको समयमा भन्दा धेरै खटिरहेको बताए ।

उनले भने, ‘समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरणको कोसिस गरेका छौं । अहिले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक र दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी छ, जोखिम छ, चुनौति छ । तर, यसले मात्रै देश र वामपन्थी र कम्युनिष्टलाई एकताबद्ध गर्दै समाजवादको बाटो कोर्नसक्ने विश्वासको साथ अघि बढेको छु । म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु, लगातार घेरा तोड्ने लडाइँ जारी छ ।’

प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउने र सिंगो वामपन्थीहरुलाई मिलाउने गरी आफू अघि बढेको बताए ।

 

प्रतिक्रिया दिनुहोस