बडिगाड खोलामा ढुङ्गा लागेर एक महिलाको मृत्यु

सोमबार, ०१ असोज २०७५, १५ : ४१
बडिगाड खोलामा ढुङ्गा लागेर एक महिलाको मृत्यु

बलेवा । बागलुङको बडिगाड खोलामा ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । ढुङ्गा लागेर अर्घाखाँची घर भएकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

खातुन भीमगिठेतर्फ जान लाग्दा ढुङ्गाले लागेको थियो । सो ठाउँमा लगातार पहिरो खसिरहेको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । यात्रु बाटोमै अलपत्र छन् । शनिबार राति तुरतुरेको पहिरो खस्दा बडिगाड खोला थुनिएर ठूलो ताल बनेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस