हिमाल आरोहण गर्न अनुमति दिन थालियो

पत्रपत्रिकाबाट

बुधबार, १४ चैत्र २०८०, ०८ : २९
हिमाल  आरोहण  गर्न  अनुमति दिन थालियो

काठमाडौ । पर्यटन  विभागले  वसन्त  ऋतुमा  हुने  हिमाल  आरोहण  गर्न  अनुमति  दिन  सुरु  गरेको  छ  । 

आरोहणका  लागि  उपयुक्त  सिजन मानिने वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो ।

विभागका   साहसिक   पर्यटन   तथा   पर्वतारोहण  शाखा  प्रमुख  राकेश  गुरुङका  अनुसार  मङ्गलबारसम्म  विभिन्न  पाँच  वटा  हिमाल  आरोहणका  लागि  सात  समूहका  ४६  जनाले अनुमति लिएका छन् ।

उनका अनुसार सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएका हुन् । गोरखापत्रमा खबर छ ।