जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिँदै

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, ११ : २६
जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिँदै

काठमाडौँ । चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदै छ । देशभरबाट पाँच लाख भन्दा बढी विद्यार्थीहरू एसईई दिने तयारीमा छन् । त्यसका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिन लागेका छन् । केही वर्षयता जापानमा पनि एसईई लिँदै आएको छ ।

जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्नेछ । परीक्षा नियन्त्रक पौडेलले त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

हुलाकमा मार्फत उत्तर पुस्तिका पठाइएको छ भने मेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले बताए । विगतमा नेपालबाटै परीक्षाको निरीक्षण गर्न जाने गरेको थियो। तर, यो वर्ष भने बोर्डबाट कोही पनि नगएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस