काठमाडौ । इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ ।
दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले भने, “जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो ।
केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ ।” गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ चैत्र २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर अवतरण
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो