काठमाडौ । इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ ।
दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले भने, “जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो ।
केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ ।” गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ चैत्र २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन