काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले नयाँ विधान तयार गरी निर्वाचन आयोगमा पठाएको छ । माओवादीको गत फागुन १ देखि ३ गतेसम्म प्रज्ञाभवन कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को विधान–२०८० पारित गरेको थियो । यद्यपि विधान क्रमशः लागु हुँदै जाने माओवादीका महासचिव देव गुरुङले जानकारी दिए ।
उनले विधान क्रमशः लागु हुँदै गएपनि पूर्णरुपमा भने विशेष महाधिवेशनबाट मात्र कार्यान्वयनमा जाने रातोपाटीलाई बताए । ‘विधानलाई अन्तिम रुप दिएर निर्वाचन आयोगमा पठाइसकेको छ । पार्टीमा क्रमशः लागु हुँदै जान्छ । कमिटी फर्मेसनमा भने विशेष महाअधिवेशनपछि मात्र लागु हुनेछ’, उनले भने, ‘अर्को महाविधेशन वा अधिवेशन नभएसम्म केन्द्रीय समिति, प्रदेश समिति र पालिका समिति यथावत रहन्छ । पार्टी अनुशासनको कारवाही तथा अन्य गतिविधि नयाँ विधान अनुसार हुन्छ । यसका लागि हामीले संक्रमणालीन व्यवस्था विधानमै राखेका छौं ।’
माओवादीको विधानको धारा– ४४ मा संक्रमणकालीन व्यवस्था राखिएको छ । ‘यो विधान बमोजिमका समितिहरु अधिवेशनहरु मार्फत क्रमशः गठन हुदै जानेछन् । यस विधान अनुसारका समिति र निकायहरुले पूर्णता नपाउँदासम्म हाल कायम रहेका समिति र निकायहरु क्रियाशील रहनेछन्’, विधानमा उल्लेख छ । नयाँ विधानलाई प्रस्तावनासहित ९ वटा भागमा विभाजन गरिएको छ । जसमा ४६ वटा धारा र ९ वाटा अनुसूची छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”