काठमाडौं। सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । जानकारी दिनुपर्ने निकायले प्रधानमन्त्रीलाई जानकारी नदिएको कांग्रेसको भनाइ छ ।
मंगलवार प्रतिनिधिसभामा प्रचण्डले जवाफ दिएपछि कांग्रेसले उठेर विरोध जनाएको थियो । त्यसपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रमाण फेला परेन भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइले आफूहरू अचम्ममा परेको बताए ।
‘प्रधानमन्त्रीको जवाफले हामी चकित परेका छौँ । पीडितले भनेका कुरा प्रमाण होइन ? पीडितले दिएको उजुरी प्रमाण होइन ? पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदन प्रमाण होइन, भने के प्रमाण हुँदा अनुसन्धान हुन्छ ? यतिका प्रमाणले अनुसन्धान नहुने हो भने केले प्रमाण हुने हो ?,’ लेखकले भने ।
लामिछानेका सम्बन्धमा पर्याप्त र धेरै प्रमाण भएकाे लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित