सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १४ : ४८
सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् । यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस