रौतहट । रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् ।
गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताइन् ।
रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा