काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन् । शुक्रबार दिउँसो राजनीतिक दलसम्बन्धि प्रस्ताव पेश गर्न सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।
सभामुखले उठेर विरोध गरेका सांसद्हरुलाई बस्न आग्रह गरेपनि सांसद्हरु नबसेकै बेला सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेलाई बोल्न दिएपछि कांग्रेस सांसद्हरुले पुन विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै