काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन् । शुक्रबार दिउँसो राजनीतिक दलसम्बन्धि प्रस्ताव पेश गर्न सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।
सभामुखले उठेर विरोध गरेका सांसद्हरुलाई बस्न आग्रह गरेपनि सांसद्हरु नबसेकै बेला सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेलाई बोल्न दिएपछि कांग्रेस सांसद्हरुले पुन विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?