माओवादीका नेता सुनले पहेँलपुर भइसके : कान्तिका सेजुवाल

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १३ : ५३
माओवादीका नेता सुनले पहेँलपुर भइसके : कान्तिका सेजुवाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको बताएकी छन् ।

 शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।

‘सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुपै्र नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ । हुँदा हुँदा माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ,’ उनले भनिन् ।  
 

प्रतिक्रिया दिनुहोस