लघुवित्त पीडित र सरकारबीच वार्ता जारी

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १९ : ४६
लघुवित्त पीडित र सरकारबीच वार्ता जारी

काठमाडौँ । अर्थ मन्त्रालय र लघुवित्त पीडितबीच सिंहदरवारमा वार्ता सुरु भएको छ । अर्थले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई बुधबार वार्तामा बोलाएको थियो । सोही अनुसार अहिले वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरवारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पी पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो ।

उक्त समितिमा गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईँ, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समिति सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव केशव उप्रेती छन् ।

मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस