कार दुर्घटनामा श्रीलङ्काका पूर्वकप्तान घाइते, अस्पताल भर्ना

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १६ : २३
कार दुर्घटनामा श्रीलङ्काका पूर्वकप्तान घाइते, अस्पताल भर्ना

कोलम्बो । कार दुर्घटनामा परेपछि श्रीलङ्काली क्रिकेट टोलीका पूर्वकप्तान लाहिरु थिरिमानेलाई अस्पताल भर्ना गरिएको छ । उनी यात्रा गरिरहेको कार श्रीलङ्काको उत्तरी सहर अनुराधापुरामा बिहीबार गम्भीर दुर्घटनामा परेको थियो ।

ईएसपीएन क्रिकइन्फोका अनुसार थिरुमानेको अवस्थाबारे विस्तृत जानकारी नआए पनि अनुराधापुरा शिक्षक अस्पतालमा उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ । कारमा सवार अर्का एक यात्रुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

धार्मिक यात्रामा रहेका बेला थिरिमानेको कार दुर्घटना परेको समाचारमा उल्लेख छ । कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किन पुगेको थियो ।

सन् २०१० मा श्रीलङ्काका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका थिरिमानेले ४४ टेस्ट, १२७ एकदिवसीय र २६ टी–२० खेलेका छन् । उनी तीनवटा टी–२० विश्वकपमा टोलीका सदस्य थिए । उनी सन् २०१४ को विश्वकप विजेता टोलीमा रहेका थिए । उनले दुईवटा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

थिरिमानेले अन्तिम पटक सन् २०२२ को मार्चमा श्रीलङ्काका लागि खेलेका थिए । उनले सन् २०२३ को जुलाईमा संन्यासको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस