एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन राइस र बेन ह्वाइटले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल शेफिल्डका जयडेन बोगीले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि आर्सनलको २७ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले र शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ ।
त्यसैगरी शेफिल्ड युनाइटेडको भने यस सिजनमा यो २०औं हार हो । २७ खेलमा १३ अंक मात्र रहेको शेफिल्ड लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ फागुन २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा