टी-२० त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, ०८ : ०१
टी-२० त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौ । नामिबिया सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज (बुधबार) नेपाल र नेदरल्यान्ड्स खेल्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ। पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ। 

उता नेदरल्यान्डस भने नेपाललाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ। सिरिजमा भोलि बिहिबार नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन्। 

१८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ। भने १९ गते आफ्नो अन्तिम खेलमा नेपालले नेदरलल्याण्डस्सँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन्। 

शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ। 

टी–२० खेल्ने नेपाली टोली

रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।

प्रतिक्रिया दिनुहोस