रुस-युक्रेन युद्धको दुई वर्ष पूरा

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, ११ : ३५
रुस-युक्रेन युद्धको दुई वर्ष पूरा

काठमाडौँ । रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौँ सैनिक र नागरिकहरूले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ ।

रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यस्तै, लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपूर्ण र अन्यौलताका स्थितिमा रहेका छन् । युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन् । युक्रेनले रुसले ३.९२ लाख सैनिक गुमाएको दाबी गरेको छ । ३० हजारभन्दा बढी युक्रेनी अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस