युक्रेन र डेनमार्कले गरे सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, १६ : ४०
युक्रेन र डेनमार्कले गरे सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता

काठमाडौं। किभ–युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रवार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२८ सम्म ८.५ अर्ब युरो (झण्डै ९.२ अर्ब अमेरिकी डलर) को सैन्य र नागरिक सहायता प्रदान गर्नेछ ।सम्झौता अनुसार सन् २०२४ मा १.८ अर्ब यूरो (झण्डै १.९५ अर्ब डलर)को सैन्य सहयोग प्रदान हुनेछ ।

डेनमार्कले खासगरी युक्रेनको सैन्य क्षमता, समुद्री सुरक्षा, डिमाइनिङ र ड्रोन प्रविधि र रक्षा औद्योगिक आधार विकासलगायतको हवाई रक्षा निर्माण  सुदृढीकरण गर्ने प्रयासलाई सहयोग गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस