कांग्रेस बल्ल संघीय संरचनामा जाँदै, प्रदेश कार्यसमिति ५१ सदस्यीय

पत्रपत्रिकाबाट

बुधबार, २७ भदौ २०७५, ०८ : ५४
कांग्रेस बल्ल संघीय संरचनामा जाँदै, प्रदेश कार्यसमिति ५१ सदस्यीय

काठमाडौं  ।  संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ ।
केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ ।

नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको  छ । 

प्रतिक्रिया दिनुहोस