डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी फेरबदल

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १९ : ५०
डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी फेरबदल

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी काटेर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ । गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरीवेक्षण विभागले सिधै आफैँलाई रिपोर्टिङ गर्ने गरी आफू मातहत राखेका छन् ।

डेपुटी गभर्नर ढुंगाना मातहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राख्दै ढुंगानाको मातहतमा रहेन गरी आर्थिक अनुसन्धान विभाग राखेका हुन् । बैंक सुपरीवेक्षण विभागले अब सिधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ । यता गभर्नरले आफूमातहत रहेको आर्थिक अनुसन्धान विभागलाई भने डेपुटी गभर्नर मातहत रहने गरी हेरफेर गरेका हुन् ।

अब गभर्नर मातहत बैंक सुपरीवेक्षणका साथै गभर्नरको कार्यालय र वित्तीय जानकारी इकाइ रहने छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग प्रमुखमा कार्यकारी निर्देशक देवकुमार ढकाल छन् भने आर्थिक अनुसन्धान विभाग प्रमुखमा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस