काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दुध किसान, मह किसानहरु मारमा परेका भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले किसानहरुले बाटोमा दुध पोख्नुपर्ने अवस्थामा रहँदा विदेशबाट आयतित पाउडर दुधले बजार पाएको भन्दै सरकारको ध्यानाकार्षण गराएका हुन् । सरकारले किसानहरुको समस्यालाई नजर अन्दाज गरे उनीहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्ने लामिछानेको चेतावनी छ ।
साथै, भूमिहीन सुकुमवासीहरुलाई भूमि दिइन्छ भनेर चुनावी फण्डामात्रै नबनाएर भूमि आयोगले यसलाई विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । सांसद लामिछानेले अहिले २३ दिन हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका बताउँदै उनीसँग वार्ताको ढोका खुला गर्न सरकारलाई आग्रह गरे । ‘मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएका छन् । सिंहदरबारले वार्ताका लागि ढोका खोलोस्, ढोका नथुनोस्,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि