काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्ड अदालतभन्दा ठूलो हो भन्दै प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले बालकुमारी घटनाको मुख्य दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले सरकारको चर्को आलोचना गरे ।
‘प्रधानमन्त्रीले संसद्मा बोल्दा बालकुमारी घटनामा दुई युवाको हत्या भयो भन्नुभयो ’ उनले भने ‘ हत्या भएको हो भने हत्यारालाई समातरे किन नथुनेको ? घटनाका मुख्य दोषी मन्त्री ज्वालासँग बसेर प्रधानमन्त्री स्वयं चिया खाँदै हिड्न भएको छ । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो’ उनले प्रशन गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने