काठमाडौ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १८ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक १, प्रहरी वरिष्ठ हवलदार १, प्रहरी सहायक हवलदार ३ र प्रहरी १३ गरी १८ प्रहरी एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्।
यसबीच खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बिहीबार अर्काे सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ।
हेर्नुहोस् सूचना-

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन
स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान
भुपेन्द्र खत्री सहित ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
बाक्लो हिउँ परेपछि सिमकोट सर्यो लिमी प्रहरी चौकी
चितवनका ३ ईन्सपेक्टरको सरुवा
प्रहरीको ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढ्यो