अवरुद्ध नारायणगढ–मुग्लिन सडक साँझ सात बजेसम्ममा एकातर्फी सञ्चालन हुने

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २६ भदौ २०७५, १६ : ५६
अवरुद्ध नारायणगढ–मुग्लिन सडक साँझ सात बजेसम्ममा एकातर्फी सञ्चालन हुने

चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरोका कारण अवरुद्ध सडक साँझ सात बजेसम्ममा एकातर्फी सञ्चालनमा आउने भएको छ ।

नारायगढ मुग्लिन प्रोजेक्ट नम्वर तीनका प्रमुख शिशिर कान्धुवाका अनुसार साँझ सात बजेसम्ममा एकातर्फी रुपमा सडक सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको  छ । पहिरो हटाउन तीन लोडर र दुई एक्साभेटर प्रयोग गरिएको  उहाँले सफलखबर लाई जानकारी दिनुभयो ।

चार किलोमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ । रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो ।

यो पनि
नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड : पहिरो पन्छाउन दिनभर लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि यस्तो देखियो जाम (फोटोफिचर)

 

 

प्रतिक्रिया दिनुहोस