काठमाडौँ । अनुमति नलिइ बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १४ जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँ बस्तीस्थित एमजिएम स्नुकरबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।
छुल्टिम लामाले संचालन गरेको स्नुकरमा संचालित बिंगोको खालबाट प्रहरीले १ लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । एक पटकमा १ सय र दुई सयको कुपन लिएर बिंगो खेल्ने गरिन्छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ