काठमाडौँ । अनुमति नलिइ बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १४ जनालाई पक्राउ गरेको छ । बौद्धको नयाँ बस्तीस्थित एमजिएम स्नुकरबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।
छुल्टिम लामाले संचालन गरेको स्नुकरमा संचालित बिंगोको खालबाट प्रहरीले १ लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । एक पटकमा १ सय र दुई सयको कुपन लिएर बिंगो खेल्ने गरिन्छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ