नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

मंगलबार, २६ भदौ २०७५, ०९ : १४
नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस